सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १,५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

प्रकाशित समय: मगलवार, ०४ : ५५ बजे भदौ २९ गते



थप १,५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं, २९ भदौ।नेपालमा मंगलबार थप १ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १० हजार २ सय ६६ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८० र ४ हजार १ सय ७७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६६ हजार ९ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ५ सय ८९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४२ हजार ३ सय ६ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २६ हजार २०२ सक्रिय संक्रमित आइशोलेशन र २६२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।