सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १,७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

प्रकाशित समय: बुधवार, ०५ : ३८ बजे भदौ ३० गते



थप १,७६० जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ, ३० भदौ।नेपालमा बुधबार थप १ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १२ हजार ५ सय २४ पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ३२ र ४ हजार ३ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६८ हजार ६६५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ९ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार २ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४३ हजार ५ सय २६ संक्रमित निको भएका छन् ।

हाल २६ हजार ३०३ सक्रिय संक्रमित आइशोलेन र २ सय १८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।