सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

कोरोना अपडेट : थप १,५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

प्रकाशित समय: शुक्रवार, ०५ : १० बजे आश्विन १ गते



कोरोना अपडेट : थप १,५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ, १ असोज।नेपालमा शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ८ हजार ६ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ८६ जना र ३ हजार ७ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाउको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै १ हजार ३ सय ५१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४६ हजार ५ सय ६६ जना कोरोनासंक्रमणमुक्त भएका छन् । हाल २५ हजार ४ सय ९७ जना आइशोलेशन र २ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।