काठमाडौं, २ असोज।एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘एफ’ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । किनकि नेपाली टोली एसियन कपमा छनोट हुने लक्ष्यसहित उज्वेकिस्तानमा रहेका छन् । तर, फिफा वरीयतामा ३३ स्थान माथिको फिलिपिन्सविरुद्ध नेपाललाई सहज भने हुनेछैन ।
महिलाको फिफा वरीयतामा नेपाल १ सय १ औं स्थानमा रहेको छ । फिलिपिन्स ६८ औं स्थानमा रहेको छ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । नेपाल र हङकङबीचको खेल बिहीबार हुनेछ । एसियन कप जनवरी २० देखि फेब्रअरी ६ सम्म हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ