सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

क्याम्पस जीवनमा फर्के सुधिर र रेश्मा

प्रकाशित समय: शनिवार, ०१ : ०५ बजे आश्विन २ गते



 क्याम्पस जीवनमा फर्के सुधिर र रेश्मा

काठमाडौं। डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ । डिपि खनालको शब्द, संगीत तथा स्वरमा रहेको यस गीतमा डिपिको साथमा रचना रिमालले स्वर दिएकी छन् ।

सुब्रत आचार्यले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडल सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । भिडियोमा आफ्नो जमानाको कलेज लाईफको सम्झना गरिएको छ । बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ । क्याम्स पढ्ने बेला युवा युवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियो हेरेपछि बुझिन्छ ।

गीतकी निर्माता सदु थापा खनाल हुन् । दिपेन गौतम माईकल प्रडक्शन डिजाईनर रहेको भिडियोका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् ।