सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १,०६६ जनामा कोरोना संक्रमण पुष्टि, १,२३४ जना संक्रमणमुक्त

प्रकाशित समय: शनिवार, ०५ : १७ बजे आश्विन २ गते



थप १,०६६ जनामा कोरोना संक्रमण पुष्टि, १,२३४ जना संक्रमणमुक्त

काठमाडौँ, २ असोज।नेपालमा शनिबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ८ हजार ५ सय ४० पिसिआर परिक्षणका क्रममा ८ सय ३५ जना र २ हजार ८ सय १८ एन्टीजेन परिक्षणका क्रममा २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७२ हजार ८ सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

त्यस्तै थप १ हजार २ सय ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८३ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल २५ हजार ८२ सक्रिय संक्रमित आइशोलेशन र २४६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।