काठमाडौँ, ९ असोज।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने ईपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौँ किङ्स–११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौँबीचको खेल अपरान्ह १२ ः १५ मा सुरु हुनेछ । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ भने काठमाडौँ सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ । ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।
यस्तै काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिङ्गापुरका जनक प्रकाश जस्ता खेलाडी रहेका छन् । चौंथो संस्करणको प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ