काठमाडौँ, १० असोज।नेपालमा आइतबार थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ५ सय ८९ पिसिआर परिक्षणका क्रममा ७ सय ३० र ५ हजार १ सय ४७ एन्टीजेन परिक्षणका क्रममा १ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संंख्या ८ लाख ८१ हजार ९ सय ३९ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ९६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।त्यस्तै थप १२ सय ७९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६१ हजार १ सय ५४ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल १९ हजार १ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३० जना क्वारेन्टाइनमा छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ