काठमाडौँ, ११ असोज।नेपालमा सोमबार थप १ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १२ हजार ८१ पिसिआर परिक्षणका क्रममा ९ सय ७५ जना र ३ हजार ४ सय ७ एन्टीजेन परिक्षणका क्रममा ३०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८३ हजार २ सय २१ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार २ सय ६२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६२ हजार ४ सय १६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल १८ हजार ८ सय ४८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५६ जना क्वारेन्टाइनमा छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ