काठमाडौँ, १२ असोज।नेपालमा मंगलबार थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रमम ९ सय ४ जना र २ हजार ३ सय ३१ एन्टीजेन परिक्षणका क्रममा २ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८४ हजार ३ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार ३ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६३ हजार ७ सय ३४ जना निको भएका छन् । हाल नेपालमा १८ हजार ४ सय २२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय २८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ