सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप १,१५७ जनामा कोरोना संक्रमण पुष्टि, १,११३ संक्रमित निको

प्रकाशित समय: बुधवार, ०५ : २० बजे आश्विन १३ गते



थप १,१५७ जनामा कोरोना संक्रमण पुष्टि, १,११३ संक्रमित निको

काठमाडौँ, १३ असोज।नेपालमा बुधबार थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ 

देशभर गरिएको १० हजार ६ सय ५२ पिसिआर परिक्षणका क्रममा ८ सय ९२ र ३ हजार ८ सय ८९ एन्टीजेन परिक्षणका क्रममा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८५ हजार ५ सय ३६ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय २३ संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ हजार १ सय १३ संक्रमित निको हुँदा हालसम्म ७ लाख ६४ हजार ८ सय ४७ जना निको भएका छन् ।

हाल १८ हजार १ सय ९३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।