काठमाडौँ, १४ असोज।नेपालमा बिहीबार थप १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ५ सय ५५ पिसिआर परिक्षणका क्रममा ८ सय ९८ जना र ३ हजार २ सय १० एन्टीजेन परिक्षणका क्रममा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८६ हजार ६ सय २० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप ९ सय ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६५ हजार ७ सय ५८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १८ हजार १ सय ६८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ