सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

प्रकाशित समय: आइतवार, ०५ : ३३ बजे आश्विन १७ गते



थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ, १७ असोज।नेपालमा आइतबार थप ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

देशभर गरिएको ७ हजार ७० पिसिआर परिक्षणका क्रममा ५ सय ७४ र ३ हजार ८ सय ५० एन्टीजेन परिक्षणका क्रममा १०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८९ हजार २ सय २६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ६४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ४ सय ५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ६९ हजार २ सय २४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १७ हजार ८ सय ४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।