सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

काठमाडौं उपत्यकामा डेंगुको बिरामीको संख्या बढ्न थाले

प्रकाशित समय: मगलवार, ०१ : २२ बजे आश्विन १९ गते



काठमाडौं उपत्यकामा डेंगुको बिरामीको संख्या बढ्न थाले

काठमाडौं, १९ असोज ।काठमाडौं उपत्यकामा डेंगुको बिरामीको संख्या बढ्न थालेको छ ।

 

निरन्तरको वर्षासँगै काठमाडौंमा डेंगुको बिरामीको संख्या बढ्न थालेको हो । डेंगुको बिरामीको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले सचेतनामुलक कार्यक्रम गर्न थालेको छ । काठमाडौं महानगरपालिकाको वडा नंवर २९ मा मात्र १० जनालाई डेंगुको संक्रमण देखिएको वडाध्यक्ष कुश ढकालले बताउनुभयो । उहाले कालिकास्थान, घट्टेकुलो लगाएका क्षेत्रमा डेंगुको जोखिम देखिएको जानकारी दिनुभयो । घरको कौशी, चौर र बाटोमा जमेको पानी हटाउन सचेत गराउनका लागि माइकिङ पनि गरिएको उहाले बताउनुभयो ।

कुनै ठाउँमा सफा पानी २ दिनदेखि तीन दिनसम्म रह्यो भयो डेंगु फैलाउने एजिप्टाइ लामखुट्टेले फुल पार्न सक्ने र त्यसरी जन्मिने सबै लामखुट्टेमा भाइरस हुने चिकित्सकहरुले जनाएका छन् ।