काठमाडौँ, १९ असोज।नेपालमा मंगलबार थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार ५ सय ८२ पिसिआर परिक्षणका क्रममा ७ सय ६२ र ४ हजार ४ सय ६० एन्टीजेन परिक्षणका क्रममा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९१ हजार २ सय २४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ८० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप १ हजार १ सय १४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७१ हजार ३ सय ३८ संक्रमित निको भएका छन् । हाल १६ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ