काठमाडौं, २० असोज । नेपालमा बुधबार थप एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार १६५ पिसिआर परिक्षणका क्रममा ८४९ जना र ४ हजार ३०० एन्टीजेन परिक्षणका क्रममा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९२ हजार २६७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार १ सय ९२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै थप ८९१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७२ हजार २९९ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १६ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोलेशन र ४ सय ६७ जना क्वारेन्टाइनमा छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ