काठमाडौं, ३० असोज । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले चौथोपटक ट्रफी उचाल्यो । चेन्नई यसअघि २०१०, ०११ र ०१८ मा विजेता बनेको थियो ।
दुबई इन्टरनेशनल स्टेडियममा टस गुमाएर ब्याटिङको निम्तो पाएको चेन्नईले ३ विकेटको क्षतिमा १९२ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । फाफ डुप्लेसिसले सर्वाधिक ८६ रन जोडे । मोइन अलीले ३७, रुतुराज गायकवाडले ३२ रन जोडे ।
१९३ रनको लक्ष्य पछ्याएको कोलकाता ९ विकेटको क्षतिमा १६५ रनमा समेटियो । २७ रनले उपाधि गुमायो । कोलकाताले राम्रो सुरुवात गरे पनि मध्यतिर लय गुमायो । कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ५१ रन बनाए । वेंकटेश अय्यर ५० र शिभम माभी २० रनमा समेटिए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।
प्रतियोगितामा चेन्नईका युवा ओपनर रुतुराज गायकवाडले यो सीजनमा ओरेन्ज क्याप जिते । उनी सबैभन्दा कम उमेरमा ओरेन्ज क्याप जित्ने खेलाडी बने । रुतुराजले १६ खेलमा ४५.३६ को औसतका साथ ६३५ रन बनाए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ