सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

१४७ जनामा संक्रमण पुष्टि हुँदा ८४५ जना डिस्चार्ज, एक जनाको मृत्यु

प्रकाशित समय: शनिवार, ०५ : ०१ बजे आश्विन ३० गते



१४७ जनामा संक्रमण पुष्टि हुँदा ८४५ जना डिस्चार्ज, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८४५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४४६ पीसीआर परीक्षणमा १३६ र ३२७ एन्टिजेन परीक्षणमा ११ जना गरी १४७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार भने सोही समयमा १ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५४४ जना होम आइसोलेसनमा र १,०५४ जना होम आइसोलेसनमा छन् । हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २७८ पुगेको छ। यसअघि हिजो शुक्रबार २७२ जनामा संक्रमण पुष्टि हुँदा ७७७ जना डिस्चार्ज भएका थिए ।