काठमाडाै, ३० असोज । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार माल्दिभ्स माले स्थित राष्ट्रिय रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले समान १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए खेलमा भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको हो । ५० औं मिनेटमा सुरेशले गोल गर्दा भारत २–० ले अगाडी रह्यो । ९० मिनेट पछि थपिएको मिनेटमा बैकल्पिक साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए।
यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न जितेको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ