सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

प्रकाशित समय: सोमवार, १० : २८ बजे कार्तिक १ गते



क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । क्यानले सोमबार आह्वान गरेकोमा इच्छुक र योग्य व्यक्तिले अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् ।  डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजका दौरान मुख्य प्रशिक्षक डेव वाटमोरले सिरिजपछि लागु हुने गरि राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।

प्रशिक्षकका लागि न्युनतम आवश्यकता

इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ प्रशिक्षक हुनुपर्ने ।
आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा पाँच वर्ष प्रशिक्षण गरेको हुनुपर्ने ।
क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेकाे हुनुपर्ने ।