काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली यू-२३ टिम ताजिकिस्तान प्रस्थान गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।
यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।छनोट अघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू-२३ टोलिसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ