सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

एटलान्टाको युवा टोलीबाट खेल्दै आएका विकास ए डिभिजन लिग खेल्न नेपालमा

प्रकाशित समय: बुधवार, ०१ : ४१ बजे कार्तिक ३ गते



एटलान्टाको युवा टोलीबाट खेल्दै आएका विकास ए डिभिजन लिग खेल्न नेपालमा

काठमाडौं, ३ कात्तिक ।इटाली सिरी ए क्लब एटलान्टाको उमेर समूहबाट खेलिसकेका विकास मेरेग्लिया आगामी ए डिभिजन लिग खेल्ने नेपाल आइपुगेका छन् । एटलान्टाको युवा टोलीबाट नियमित खेलिरहेका विकाल २९ कात्तिकबाट सुरु हुने ए डिभिजन लिग खेल्न मंगलबार राति नेपाल आइपुगेका हुन् । 

 

नेपालमा जन्मेर इटाली पुगेका विकास स्थानीय क्लबहरू हुँदै एटालान्टाबाट खेलेका हुन् । विकासले इटालीको यू-१७ टोलीबाट समेत खेलिसकेका छन् ।मंगलबार राति नेपाल झरेपछि विकासले आफू १३ वर्षपछि नेपाल फर्किएको र त्यसका लागि सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका छन् । 

‘म १३ वर्षपछि नेपाल फर्किएको छु’ विकासले सामाजिक सञ्जालमा लेखेका छन् । विकासले आफू नेपाल आए पनि ए डिभिजन लिग खेल्ने र नखेल्ने जनाएका छैनन् । स्रोतका अनुसार उनले आगामी ए डिभिजन लिग खेल्नेछन् । त्यसबारे उनले चाँडै पत्रकार सम्मेलन गरेर सर्वाजनिक गर्ने भएका छन् । 

विकासले ललितपुरको च्यासल युथ क्लबबाट खेल्ने निकट स्रोतले जनाएको छ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकाशले इटालीको यू-१७ टोलीबाट खेलिसकेका छन् । १८ वर्षीय विकास विशेष लेफ्ट विंगर हुन् । यद्यपि उनी राइट विंगर र सेन्टर स्ट्राइकरसमेत खेल्न सक्छन् ।