सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ९३२ संक्रमित निको

प्रकाशित समय: शुक्रवार, ०४ : २६ बजे कार्तिक ५ गते



थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि,  ९३२ संक्रमित निको

काठमाडौं, ५ कात्तिक।नेपालमा शुक्रबार थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ७ हजार २ सय ५३ पिसिआर परिक्षणका क्रममा ५ सय ७४ जना र २ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा १ सय ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २ हजार १ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ३७ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप ९ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८५ हजार ८ सय १३ जना निको भएका छन् । हाल नेपालमा १० हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र २ सय २३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।