काठमाडौं, ६ कात्तिक।आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । शनिबार भएको सुपर–१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको एक ११९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेटको गुमाएर पूरा गर्यो ।अस्ट्रेलियाको जितमा स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए । यस्तै मार्कुस स्टोइनिसले २४ रन जोड्दा ग्लेन म्याक्सवेलले १८ र म्याथु वेडले १५ रनको योगदान गरे ।दक्षिण अफ्रिकाका एनरिक नर्टजीले दुई विकेट लिँदा कागिसो रवाडा, केसव महाराज र तवरेज साम्सीले समान १/१ विकेट लिए ।
यसअघि अबुधाबीमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै ११८ रनको योगफल बनायो । दक्षिण अफ्रिकाका आइदेन मार्करामले सर्वाधिक ४० रन जोडे । त्यस्तै कगिसो रवाडाले १९ र डेभिड मिलरले १६ रन बनाए ।
अस्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलउड र एडम जाम्पाले समान दुई विकेट हात पारे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ