काठमाडौं, ७ कात्तिक।१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता टोलीका महत्त्वपूर्ण सदस्य हेमन्त थापा मगर शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न थ्रीस्टारसँग अनुबन्धित भएका छन् ।
ललितपुरको थ्रीस्टारले आइतबार मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको छ । हेमन्तले क्लबसँग दुई वर्षको सम्झौता गरेका हुन् । हेमन्तले थ्रीस्टारमा ७ नम्बरको जर्सी लगाउने छन् । एन्फा एकेडेमीका हेमन्तले राष्ट्रिय टिमबाट यू-१३, यू-१४ र यू-१६ खेलिसकेका छन् ।
गत सिजन हेमन्तले च्यासल युथ क्लबबाट खेलेका थिए । याे सिजन उनले थ्रीस्टार क्लब रोजेका हुन् । २९ कात्तिकबाट सुरु हुने लिगका लागि थ्रीस्टारले यसअघि नै अनन्त तामाङ, आयुष घलान, बिक्रम लामासँग सम्झौता गरिसकेको छ । थ्रीस्टारको प्रशिक्षकमा यसपटक उर्जन महर्जन रहनेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ