काठमाडौं। गायक केतन क्षेत्रीको आवाजमा रहेको कर्णप्रिय गीत ‘परदेशी आयो’को भिडिओ रिलीज भएको छ । भिडिओमा अभिनेता बिपिन कार्कीले मनछुने अभिनय गरेका छन् ।
चाडवाड चलिरहेको समयमा रिलीज यस गीतमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक युवाको कथा दर्शिएको छ । ग्रामिण भेगको एक युवा जसकी श्रीमती, दुई लालाबाला सन्तान र बाबु आमा छन् । उनिहरु सबैलाई छोडेर परदेशीनुको पीडा यो गीत तथा भिडिओमा देखिन्छ ।
प्रकाश सापकोटाले रचना गरेको यस गीतमा सुवास भुषालको संगीत रहेको छ । देवेन्द्र नेपालले निर्देशन गरेको भिडिओमा बिपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगाएतको अभिनय रहेको छ । दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडिओका सम्पादक बिकाश दाहाल हुन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ