सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

प्रकाशित समय: आइतवार, ०५ : ४१ बजे कार्तिक ७ गते



थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ, ७ कात्तिक।नेपालमा आइतबार थप ५ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ६ हजार ६१ पिसिआर परिक्षणका क्रममा ५ सय २२ जना र १ हजार ५ सय ६४ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३ हजार ७१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

त्यस्तै थप ८७७ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८७ हजार ५ सय ७ जना संक्रमित निको भएका छन् । हाल १० हजार २०१ सक्रिय संक्रमित आइशोलेशन र २२० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।