काठमाडौं, ९ कात्तिक।मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो ।
मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको थियो । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ । याे बैंकको आज ४४ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।
आज सबै समूहको सूचकमा हरियाली छाएको छ । मंगलबार होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै प्रतिशतले उकालो लागेको छ । सो समूहको सूचकमा सात प्रतिशतभन्दा धेरैको सुधार भएको देखिन्छ । आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा बढीले बढेको छ भने दुई कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ