काठमाडौँ, ९ कात्तिक।नेपालमा मंगलबार थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ७ सय ७१ पिसिआर परिक्षणका क्रममा ५ सय ६९ जना र २ हजार २ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४ हजार ५ सय १३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप ६ सय २२ संक्रमित कोरोनामुक्तहुदा हालसम्म नेपालमा ७ लाख ८८ हजार ६ सय ३० जना निको भएका छन् । हाल नेपालमा १० हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र २ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ