काठमाडौं, १० कात्तिक । मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । आईपीओको बाँडफाँट शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने तय भएको छ ।
आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट तीन करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा चार दशमलव १९ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ