काठमाडौं, १० कात्तिक।भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई उत्कृष्ट फिनिसर मानिन्छ। उनले टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा २० रनको अपराजित इनिङ्स खेलेका थिए। धोनीको यो कीर्तिमान पाकिस्तानी खेलाडी शोएब मलिकले तोडेका छन्।
मलिकले न्युजिल्यान्डविरुद्ध २६ रनको अपराजित पारी खेल्दै यो कीर्तिमान तोडेका हुन्। उनी मंगलबार न्युजिल्यान्डविरुद्ध लक्ष्य पछ्याउँदै २१ पटक नटआउट फर्किए र धोनीलाई ओभरटेक गर्न सफल भए।लक्ष्य पछ्याउने क्रममा धोनीले अन्तिम चार ओभरमा कुल १८९ बल सामना गर्दै २९५ रन बनाएका थिए। उनले १५६.०८ को स्ट्राइक रेट र ४९.१७ को औसतमा रन बनाएका थिए। मलिकले पनि धोनीको बराबरी खेलेका छन् र उनको बराबरको स्ट्राइक रेटमा समान औसतमा रन बनाएका छन्।
पाकिस्तानको लगातार दोस्रो जित
आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा भारतलाई हराएको पाकिस्तानले दोस्रो खेलमा न्युजिल्यान्डलाई पनि हराएको हो।न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो। जवाफमा पाकिस्तानले १८.४ ओभरमा ५ विकेट गुमाएर जित हात पारेको थियो। पाकिस्तानको जितमा अनुभवी ब्याट्सम्यान शोएब मलिकले २६ रनको अविजित इनिङ्स खेले।
यस्तै मोहम्मद रिजवानले ३३, सोयब मलिक, आसिफ अलीले अविजित २७/२७ रन बनाए। मोहम्मद अफीज, फखर जमान, इमाद वसीम ११/११ र कप्तान बाबर आजम ९ रनमा आउट भए। बलिङमा इस सोढीले दुई, ट्रेन्ट बोल्ट, टिम साउथी र मिचेल सान्टनरले एक/एक विकेट लिए।त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो। उसका लागि डारियल मिचेल, डेभन कन्वेले २७/२७, कप्तान केन विलियम्सनले २५, मार्टिन गुप्टिलले १७ र ग्लेन फिलिप्सले ११ रन बनाए।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकसमेत रन जोड्न सकेनन्। बलिङमा तीव्र गतिका बलर हरिस रोफले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा २२ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । हरिसले फिलिप्स, कन्वे, गुप्टिल र मिचेल सान्टनरलाई आउट गरेका हुन्।
त्यस्तै, शाहीनसाह अफ्रिदी, मोहम्मद अफीज र इमाद वसीमले एक/एक विकेट लिए। पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ