सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

चीनबाट १० लाख मात्रा भेरोसेल खोप आइपुग्यो

प्रकाशित समय: बुधवार, ०४ : ५५ बजे कार्तिक १० गते



चीनबाट १० लाख मात्रा भेरोसेल खोप आइपुग्यो

काठमाडौं, १० कात्तिक।कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।