सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

प्रकाशित समय: बुधवार, ०५ : १५ बजे कार्तिक १० गते



थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, १० कात्तिक।नेपालमा बुधबार थप ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ७ हजार १ सय ६७ पिसिआर परिक्षणका क्रममा ५ सय ८२ जना र २ हजार ३ सय २८ एन्टीजेन परिक्षणका क्रममा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५ हजार १ सय ८५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ८० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ सय ९० संक्रमित कोरोनामुक्तहुदा हालसम्म नेपालमा ७ लाख ८९ हजार १ सय २० जना निको भएका छन् । हाल नेपालमा १० हजार ३ सय ७५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।