काठमाडौं, ११ कात्तिक।गुराँस लाइफ इन्स्युरेन्सले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कम्पनीको प्रधान कार्यालय श्रीराज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको हो । कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार २२ कात्तिकसम्म कायम सेयरधनीले उक्त लाभांश पाउने छन् । सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई पाँच दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी वृद्धि हुने हुँदा सोहीअनुरुप नियमावली संशाेधन गर्ने लगायतका एजेन्डा छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ