काठमाडौं, १२ कात्तिक।सरकारले १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकाका लागि थप १ करोड खोप ल्याउने भएको छ ।
अमेरिकाको मोडर्ना र फाइजर एण्ड बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको थप १ करोड मात्रा खोप सरकारले ल्याउने तयारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५० लाख बालबालिकालाई पुग्नेगरी सरकारले अमेरिकाबाट मोडर्ना र फाइजरको खोप खरिदका लागि तयारी गरेको सीआईएनसँग बताउनुभयो । यसअघि सोमवार अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराएको फाइजरको १ लाख ६ सय २० मात्रा खोप सरकारले कात्तिक २८ गतेबाट लगाउने तयारी गरेको छ । जसका लागि देशभर २४ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण र खोप वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ