काठमाडौं, १२ कात्तिक।आगामी २९ कात्तिकदेखि सुरू हुने ए डिभिजन लिगको उद्घाटन खेल फ्रेण्डस क्लब र सातदोबाटो युथ क्लबबीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सार्वजनिक गरेको तालिका अनुसार लिगको उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
सिंगल राउन्ड रोबिनको आधारमा हुने लिगमा ९१ खेल खेलाइने छ । एन्फाले अन्तिम चार राउन्डका खेल हप्तामा दुई दिन मात्रै खेलाउने निर्णय गरेको छ । एक दिन चार खेल हुँदा अर्को दिन तीन खेल मात्रै हुनेछ । साविक विजेता मच्छिन्द्रले भने एनआरटीसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।
एन्फाले दशरथ रंगशाला र एन्फा मैदानमा सुरुवाती चरणका खेल खेलाउने छ । अन्तिम चरणका खेलहरू च्यासल मैदानमा खेलाउने निर्णय भएको लिग निर्देशक संजीव मिश्रले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ