सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि, ५६९ संक्रमित कोरोनामुक्त

प्रकाशित समय: शुक्रवार, ०४ : ३० बजे कार्तिक १२ गते



 थप ५४९ जनामा कोरोना संक्रमण पुष्टि, ५६९ संक्रमित कोरोनामुक्त

काठमाडौं, १२ कात्तिक।नेपालमा शुक्रबार थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ७ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा ४ सय ९० जना र २ हजार ६ सय १ एन्टीजेन परिक्षणका क्रममा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ३ सय २५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ८८ संक्रमितको ज्यान गएको छ । त्यस्तै थप ५ सय ६९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९० हजार ३ सय ५८ जना निको भएका छन् । हाल नेपालमा १० हजार १ सय ५१ सक्रिय संक्रमित आइशोलेशन र २ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।