एजेन्सी । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ७ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५० लाख ३ हजार ८ सय ५२ पुगेको छ ।
गत २४ घन्टाम सबैभन्दा धेरै अमेरिकामा १ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ । यस्तै रुसमा १ हजार १ सय ६३ जनाको मृत्यु भएको छ भने युक्रेनमा ६ सय ४८, भारतमा ५ सय ५२, रोमानियामा ४ सय ८०, ब्राजिलमा ३ सय ७९ जनाको मृत्यु कोरोनाका कारण भएको छ । यस्तै गत २४ घन्टामा विश्वभर ४ लाख ६७ हजार ९ सय ४४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३ लाख ६८ हजार ३ सय ७ जना स्वस्थ भएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ