काठमाडौँ, १३ कात्तिक।नेपालमा शनिबार थप ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार ३ सय १६ पिसिआर परिक्षणका क्रममा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टीजेन परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६ हजार ६ सय ९७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ९९ जनाको कोरोनाका कारण मृृत्यु भएको छ । त्यस्तै थप ९ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार २ सय ६९ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ५ सय २६ सक्रिय संक्रमित आइशोलेशन र २ सय १२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ