काठमाडौं, १४ कात्तिक।साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से आइतबार ५५ दशमलव ५० अंकले बढेर दुई हजार ८३७ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
कारोबार रकम पनि बढेको छ । नेप्सेमा सात अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आइतबार सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आइतबार ३१ भन्दा बढीको कम्पनीकाे कारोबार भएको छ । नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएकामध्ये बैंकिङ समूहको सूचकबाहेक सबै समूहको सूचकमा एकदेखि छ प्रतिशतभन्दा धेरैको सुधार आएको छ ।
बैंकिङ समूहको सूचकमा शून्य दशमलव १६ प्रतिशतले गिरावट आएको छ । आइतबार सबैभन्दा धेरै कमाउनेमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता छन् । त्यस्तै, आइतबार धेरै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्यमा ६ दशमलव ५० प्रतिशतले गिरावट आएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ