काठमाडौं ।नेपालमा आइतबार थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७ जनाको कोरोनाका कारण मृृत्यु भएको छ ।
त्यस्तै थप ५ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ