सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

प्रकाशित समय: सोमवार, ०४ : ३९ बजे कार्तिक १५ गते



थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ,१५ कात्तिक।नेपालमा सोमबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ७ हजार ४ सय ६८ पिसिआर परिक्षणका क्रममा ४ सय ४१ जना र ४ हजार १ सय ९६ एन्टीजेन परिक्षणका क्रममा ९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार ६ सय ३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

त्यस्तै थप ४ सय ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९२ हजार २ सय ७७ जना निको भएका छन् । हाल ९ हजार ३ सय १८ सक्रिय संक्रमित आइशोलेशन र ११८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।