काठमाडौं, १७ कात्तिक । अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो । उनले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका थिए । यद्यपि, भिडियो भने मंगलबार मात्र छायांकन गरिएको थियो ।
गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।
हमालले यसअघि शिव रेग्मी निर्देशित ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शक र स्रोताको साथ पाउने विश्वास उनको छ ।
भिडियो
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ