सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

तेस्रो वागमती गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि छोर्गे युवा क्लब (बि)प्युटारलाई

प्रकाशित समय: बुधवार, ०९ : ४९ बजे कार्तिक १७ गते



तेस्रो वागमती गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि छोर्गे युवा क्लब (बि)प्युटारलाई

ललितपुर,वागमती गाउँपालिकाको आर्थिक सहयोग र वागमती खेलकुद विकास समितिको सहकार्यमा कार्तिक१३ गतेदेखि१७ गतेसम्म संचालन भएको तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता खेल समापन भएको छ । आज सम्पन्न खेलको उपाधि छोर्गे युवा क्लब (B) प्युटारले हात पारेको छ।

१४ वटा टिमले भाग लिएको खेलमा छोर्गे युवा क्लब (B) प्रथम भएको हो। प्रथम भएको विजेता टिमले नगद पुरस्कार रुपैयाँ १ लाख प्राप्त गरेको छ। 

 

त्यस्तै दोस्रो पुरस्कार प्युटारकै छोर्गे युवा क्लब (A)ले प्राप्त गरेको छ। अध्यक्ष कप फुटबल प्रतियोगितामा प्युटारबाट मात्र ३ वटा टिमले भाग लिएको थियो। दोस्रो भएको छोर्गे युवा क्लब (A)ले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ। 

 

त्यस्तै गिम्दिको बाघभैरव युवा क्लब तेस्रो र आस्राङको सशक्तिकरण युवा क्लबले सान्त्वना पुरस्कार प्राप्त गरेको छ। तेस्रो र सान्त्वना हुने टिमले नगद १५/१५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। 

 

‘ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद र बागमती गाउँपालिका लागि खेल ‘ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार सहित प्रमाणपत्र,ट्रफी,शिल्ड वितरण गरिएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष बुद्धराज नेगीले बताए। 

 

बिजयी टिम र खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता वागमती गाउँपालिका-४, प्युटारको खयरघारी खेलकुद मैदानमा भएको थियो ।