काठमाडौं, १९ कात्तिक।आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेल न्युिजल्याण्ड र नामिबीयाबीच हुनेछ भने दोस्रो खेलमा भारत र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
गएराति भएको खेलमा भने श्रीलंका विजयी भएको छ । सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई २० रनले पराजित गरेको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै १ सय ६९ रन जोड्न सक्यो । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ । हिजो नै भएको अर्काे खेलमा अस्ट्रेलिया विजयी भएको छ । अस्टे«लियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ