काठमाडौं।नेपाल आइसीसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा छानिएको छ ।
सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा हुने ग्लोबल छनोटमा नेपाल छानिएको हो । आइसीसी टी–२० वरीयताका आधारमा नेपालले सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो । योसँगै नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले २०२० को जनवरीको वरीयताअनुसार नै सन् २०२२ को विश्वकप ग्लोबल छनोट प्रक्रिया सार्वजनिक गरेको हो । ग्लोबल छनोटमा १६ टोलीले भाग लिने आइसीसीले जनाएको छ ।
आइसीसीले सहभागी टोलीलाई दुई समूहमा विभजित गरेको छ । प्रत्येक समूहमा आठ टोली हुनेछन् । दुई समूहका शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ