सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, २७९ संक्रमित निको

प्रकाशित समय: बिहिवार, ०४ : ४६ बजे कार्तिक २५ गते



थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि, २७९ संक्रमित निको

काठमाडौं, २५ कात्तिक।नेपालमा बिहीबार थप ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको ९ हजार ६ सय ९ पिसिआर परिक्षणका क्रममा ३ सय १ जना र ३ हजार ३३ एन्टीजेन परिक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाउको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ११ हजार ५५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय ७९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९७ हजार ५९ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ५ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।