काठमाडौं, २६ कात्तिक । म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक बनेको खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।
अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुई खेलाडीले ८१ रनको साझेदारी गर्दै जित दिलाएको थिए । अष्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान दिए ।
यसअघि आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवाल सर्बाधिक ६७ र फकर जमानले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । विजेता अष्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ