काठमाडौं, २९ कात्तिक । मिचेल मार्स र डेविड वार्नरको आक्रामक ब्याटिङ प्रेरित अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै पहिलो पटक टी- २० विश्वकपको उपाधि उचालेको छ । दुबईमा आइतबार सम्पन्न फाइनलमा मार्स र वार्नरले अर्धसतकीय इनिङ खेलेपछि न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य सात बलअघि नै पूरा गर्दै अस्ट्रेलिया पहिलो पटक टी-२० विश्वकपको उपाधि उचाल्न सफल भएको हाे ।
टी-२० विश्वकपको सातौं संस्करण सम्पन्न हुँदा वेस्ट इन्डिजले दुई पटक उपाधि जितेको छ भने यसअघि भारत, इङल्यान्ड, पाकिस्तान र श्रीलंकाले १-१ पटक उपाधि जितेका थिए । एकदिवसीय विश्वकपमा पाँच पटक च्याम्पियन भइसकेको अष्ट्रेलियाले यसअघि २० ओभरको विश्वकपमा भने बाजी मार्न सकेको थिएन ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मार्सले दोस्रो विकेटका लागि वार्नरसँग ९२ बलको साझेदारी गरे । वार्नरले ५३ रन बनाएर भने मार्सले अविजित ७७ रन बनाए । यसअघि कप्तान केन विलियम्सनले कप्तानी इनिङ खेल्ने क्रममा ८५ रनको अर्धसतकीय इनिङ खेलेपछि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले चार विकेट गुमाएर १७२ रनको योगफल बनाएको थियो ।
अस्ट्रेलियाका लागि हेजलउडले चार ओभरमा १६ रन खर्चिँदै तीन विकेट लिए । अष्ट्रेलियाको जितसंगै पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डको पहिलो पटकमै उपाधी जित्ने योजना सफल हुन सकेन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ