सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

फिलिपिन्समा नेपाली चित्रकला प्रदर्शनी

प्रकाशित समय: बिहिवार, ०५ : ५१ बजे पुष १३ गते



फिलिपिन्समा नेपाली चित्रकला प्रदर्शनी

साहिला ताामाङ मनिला (फिलिपिन्स), १३ पुष । फिलिपिन्सको दगुपान पाङ्गासिनानस्थित मंगलदान नेशनल हाइ स्कुलमा आयोजित एकल चित्रकला प्रदर्शनीमा सहभागी हुनेको संख्या अधिक रहेको छ ।

 

सौगलस्थित योङ पिकासोद्धारा आयोजित प्रदर्शनीमा भाग लिन विद्यार्थी, चित्रकार, स्थानीयलगायत सरोकारवालाहरुको सहभागी रहेको थियो ।

 

उक्त प्रदर्शनीमा नेपालको पर्यटनलाई झल्काउने किसिमका चित्रहरु, कला, संस्कृति, परम्परा, जातीय, धर्म, भेषभूषालगायतलाई झल्कने खालको चित्रहरु राखिएको संस्थाका प्रवन्ध निर्देशक अजय देशारले बताए । प्रदर्शनीका लागि उक्त संस्थाको प्रतिनिधित्व गर्दै अजय देशार र चित्रकार किशोर नकर्मी यहाँ रहेका छन ।

 

मंगलबारदेखि शुरु भएको प्रदर्शनी तीनदिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिए । एकल चित्रकला प्रदर्शनी अन्तर्गत अजय देशार, किशोर नकर्मी, विपना महर्जन र सितु मास्केद्धारा सिर्जना गरिएका चित्रहरु राखिएका छन ।

 

विस २०५५ सालदेखि निरन्तर कला क्षेत्रमा लाग्नुभएका देशारद्धारा सिर्जित चित्रहरुले राजनधानीमा रहेको पर्व एवम् जात्राका बारेमा दर्शाउन खोजेको पाईन्छ ।

 

कला क्षेत्रमा क्रियाशील मास्केद्धारा सिर्जित चित्रहरुले नेपालका विकट क्षेत्रमा अवस्थित गुम्बाहरुको बारेमा केही सन्देश दिन खोजेको आवास पाईन्छ । विस २०६० सालदेखि कला क्षेत्रमा क्रियाशील नकर्मीद्धारा सिर्जना गरिएका चित्रहरुले बुद्धका सन्देशलाई बाहिर ल्याउन खोजेको देखिन्छ । एक्रीलिक रंगद्धारा सिर्जित उक्त चित्रहरुले बुद्धको महिमालाई विश्वसामु परिचित गराउन थप मद्यत पुग्न सक्ने विश्वास नकर्मीले बताए ।

 

नकर्मीका अनुसार अन्तर्राष्ट्रिय रुपमा थालनी गरिएको प्रदर्शनीको मुख्य ध्येय भनेकै राष्ट्रको पहिचानलाई विश्वमाझ चिनाउनु हो ।

 

यस्तै प्रिन्ट चित्रमा दक्षता हासिल गर्नुभएका महर्जनद्धारा सिर्जित चित्रले नेपालमा मानिदै आएको कलासंस्कृतिलाई झल्काउने प्रकारको देखिन्छ । चित्रकार जेनी क्युलोपका अनुसार प्रदर्शनीमा राखिएका हरेक चित्रले नेपालमा परम्परागत रुपमा मान्दै आएको संस्कृतिलाई जोगाउन तथा मौलिक पहिचानलाई मुर्त रुप प्रदान गर्न सक्षम रहने सक्ने विश्वास गरे ।

 

चित्रद्धारा नै समाजका रहेक हरेक गतिविधिलाई बाहिर उजागार गर्न सक्ने उनको भनाइ थियो । प्रदर्शनीमा माछापुच्छ्रे, चैत्य, मठमन्दिर, बुद्धका मुहार अंकित, विभिन्न प्रकारका पंक्षी, परमपरागत गाउँघरलाई चिनाउने किसिमका, साधु, खोलानालगायतलाई झल्काउने खालका चित्रहरुले अधिक प्राथमिकता पाएको थियो ।

 

मिक्समिडिया, उडकडबाट तयार पारिएका, इचिङ, लिठोग्राफीलगायतका चित्रहरु समेत प्रदर्शनीमा राखिएको थियो ।